दक्षिण अफ्रिकासँगको प्रदर्शनले ‘ छाप’ छाडेका छौँ : प्रशिक्षक देसाई
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले दक्षिण अफ्रिकासँगको हार स्वीकार गर्न कठिन भए पनि टोलीले उल्लेखनीय छाप छाड्न सफल भएको बताएका छन्।
सोमबार बिहान बंगलादेशसँग हुने खेलअघि आयोजित प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक देसाईले हार्ने टोलीलाई प्रायः असफल मानिने भए पनि कहिल्यै पराजित नगरेको दक्षिण अफ्रिकाविरुद्ध नेपालले आफ्नो छाप छोड्न सफल भएको बताए। उनले भने, ‘हामीले टेस्ट राष्ट्रलाई पनि हामी यो खेलका हिस्सा हौं भन्ने सन्देश दिएका छौं।’
शनिबार बिहानको खेलमा नेपाल १ रनले पराजित भएपछि सुपर एट पुग्ने सम्भावना समाप्त भएको थियो। अन्तिम समयमा ब्याट्सम्यानहरू सम्हालिन नसक्दा नेपालले पहिलोपटक टेस्ट राष्ट्रलाई हराउने अवसर गुमाएको हो। प्रशिक्षक देसाईले नेपालले मानसिक बल देखाउन आवश्यक रहेको पनि बताए।




