काठमाडौं-तराई द्रूतमार्ग ०८३ सालभित्रै सक्ने सरकारको लक्ष्य

काठमाडौं। सरकारले आगामी तीन वर्षभित्र काठमाडौं–तराई द्रुतमार्गको निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तोकिएको समयसीमाभित्रै द्रुतमार्ग निर्माण सम्पन्न गर्ने जिम्मा लिएको बताए ।

उनले ग्वार्को ओभरपास सञ्चालन र नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग यसै वर्षदेखि सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरे । ढुवानी खर्च घटाउने र ट्राफिक आवागमन सहज बनाउने उद्देश्य रहेको भन्दै उहाँले सिस्ने खोला सडक निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

हाल राष्ट्रपति पौडेल संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सरकारले वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसदका दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने चलन छ ।


ताजा समाचार