नेम्वाङको आसन खाली राखेर दलको बैठकमा सम्बोधन गरे ओलीले

काठमाडौँ । नेकपा एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न संसदीय दलको बैठक राखिएको छ।

संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको उक्त बैठकमा नेम्वाङको आशन खाली राखेर दलका नेता केपी शर्मा ओली बसेका थिए।

दलको बैठकमा ओली र नेम्वाङ एकै ठाउँ बस्ने गरेका थिए। तर बिहीबार बसेको दलको बैठकमा उनको आशन खाली राखेर ओली एकातर्फ बसेर सांसदहरुलाई सम्बोधन गरे।

आफ्नो दायाँतर्फ नेम्वाङ बस्ने सोफाको स्थान खाली राखेर ओलीले उनलाई सम्झिँदै सम्बोधन गरेका थिए।

उक्त बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको नेता सूर्य थापाले जानकारी दिएका छन्।


ताजा समाचार