चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छ: नेता कोइराला

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिनअघि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले चिनियाँ राजदूतले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको भन्दै उक्त अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए ।

‘चीन र भारत दुवै मित्र हुन् । तर, काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हो,’ उनले भने । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा बेहोरिरहेको बताएका थिए । उक्त अभिव्यक्ति दिएपछि राजदूत सोङको चौतर्फी आरोचना भइरहेको छ ।


ताजा समाचार