सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ। बहुचर्चित सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ।

मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो। उक्त विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको थियो। प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन्।

यसअघि राज्य व्यवस्था समिति बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको थियो।

त्रुटिबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति समेत बनेको थियो। कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठित समितिका सदस्यमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए।


ताजा समाचार