पशुपतिमा तीजको लहर, मनै हरर (तस्बिरसहित)
काठमाडौँ। पशुपतिमा तीजको लहर, मनै हरर छ। अर्थात नेपाली नारीहरुमा तीज पर्वको रौनक छ। उनीहरु व्रत बस्ने, शिवालयहरुमा पुगेर पूजा गर्ने र नाचगान गर्ने काममा व्यस्त छन्।
पशुपतिनाथ मन्दिरमा पूजा गर्ने र परिसरमा नाचगान गर्नेहरुको घुइँचो लागेको छ। परिवार र साथीसंगीहरुसँगको भेटघाटको अवसर जुराइदिने पर्वको यो विशेष क्षणलाई स्मरणीय बनाउन कसलाई मन पर्दैन र त्यसैले उनीहरु एकल र सामूहिक फोटो खिच्दै खिचाउँदै रमाइलो गरिरहेका छन्।
पशुपतिनाथ मन्दिर परिसरमा तीजका व्रतालुहरुले सेल्फी खिचे, नाचगान गरे र अनि एकअर्कालाई शुभकामना साटासाट गरेका छन्। यस अवसरमा चर्चित नायिक सुरक्षा पन्तदेखि सर्वसाधारण महिलाहरु पशिुपतिमा पूजा आजा गर्न पुगेका छन्।
तस्बिर: मुकुन्द कालिकोटे


















