महाकुम्भमा भुटानी राजा, मुख्यमन्त्री योगीसँगै गंगामा लगाए डुबुल्की
एजेन्सी। भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा डुबुल्की लगाएका छन् सोमबार भारत पुगेका उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित गंगामा स्नान गरेका हुन् ।
लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका मुख्यमन्त्री योगी आदित्यनाथले भुटानका राजालाई गंगासम्मै लगेर गएका हुन् ।भुटानी नरेशले गंगा पूजा र आरती पनि गरेका छन् । त्यसपछि उनी अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन र पूजा गर्न पुगे ।मुख्यमन्त्री योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट बमरौली एयरपोर्टमा उत्रिए । त्यसपछि सडकमार्ग हुँदै दुवैजना कुम्भमा स्नान गर्न पुगे।
अरैलीले घाटबाट बोट चढेर संगममा डुबुल्की लगाएको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।योगी तथा भुटानका राजा आएपछि हनुमान मन्दिर तथा अक्षयबटमा श्रद्धालुका लागि ढोका बन्द गरिएको थियो। मंगलबार साँझ ४ बजेपछि श्रद्धालुका लागि उक्त स्थान खोलिने छ ।अब बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भमा जाने छन् । मोदी आउने भएपछि मुख्यमन्त्री योगीले हेलिप्याडदेखि अरैलीघाटदेखि संगमस्थलसम्मको व्यवस्थापन हेरेका छन् ।
मंगलबार महाकुम्भको २३ औँ दिन भएको छ। अहिलेसम्म ३७ करोड मानिसले स्नान गरिसकेका छन् । मंगलबार मात्रै बिहान १० बजेदेखि ४२ लाख बढीले स्नान गरिसके बताइएको छ। सोमबार २ करोड ३३ लाखले स्नान गरेको भारतीय सञ्चारमाध्यामले लेखेका छन् ।




