नेपाल आइपुगे बेलायतका राजकुमार (तस्बिरहरू)
काठमाडौँ । बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपाल भ्रमणमा आइपुगेका छन्। मंगलबार उनीहरूलाई परराष्ट्रसचिव अमृतबहादुर राई लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
सोफिय र उनका पति राजकुमार एडवार्ड फरक-फरक समयमा नेपाल आइपुगका हुन्। उनीहरूले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन्।
उनीहरु दुवैले दिउँसो पौने ४ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको राष्ट्रपति पौडेलका सञ्चार संयोजक खिला कार्कीले जानकारी दिए।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरु ६ दिनसम्म नेपाल भ्रमणमा रहने कार्य तालिका छ। नेपाल बसाइँको क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हुने कार्यक्रममा पनि सहभागि हुनेछन्।
उनीहरु अन्नपूर्ण हिमश्रृंखलाको अवलोकनमा पनि जाने तय भएको छ।
तस्बिरः परराष्ट्र मन्त्रालय







