आजदेखि संसदको हिउँदे अधिवेशन शुरु
काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन साढे चार महिनापछि आजदेखि शुरु हुँदै छ । बैठक दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा डाकिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरुको सम्बोधनपछि सरकारले छ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।
सरकार ती अध्यादेश जसरी पनि पारित गराउने रणनीतिमा छ भने माओवादी केन्द्रलगायत विपक्षी दलहरु अध्यादेश अस्वीकृत गराउने पक्षमा देखिन्छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनले स्वीकार नगरे वा सदनको बैठकले त्यसमाथि कुनै निर्णय नलिए संसद बैठक शुरु भएको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुन्छ ।