मच्छिन्द्र सभापति कपको सेमिफाइनलमा
काठमाडौं। मच्छिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १-० गोलले पराजित गरेको हो ।
मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे । बिमल घर्ति मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् ।
अन्तिमपटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए । यसअघि चर्च बोइजलाई हराउदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ।
उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छ ।