मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि नै बिहे

काठमाडौँ। चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन्। उनले ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन्।

इन्गेजमेन्टका तस्बिरहरु सार्वजनिक भएसँगै उनका फ्यान र कलाकारले बधाई दिइरहेका छन्। उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ। काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ।

मेलिनाका थुप्रै गीत चर्चित छन्। उनले रैँया चाँदीको, कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, शीरैमा शीरबन्दी, तिमीले बाटो फेर्‍यौ अरे, कुटुमा कुटु सुपारी दाना, जेल पनि सहुँला लगायतका हिट गीत गाइसकेकी छिन्।


ताजा समाचार