रविलाई छाड्ने आदेशपछि सोविताले भनिन्– केही राहत महसुस भएको छ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले रवि लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशले आफूहरुलाई केही राहत महसुस भएको बताएकी छिन्।

बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। ‘अभियोजनमा अपराधी जस्तै गरिएको थियो,’ कास्की जिल्ला अदालत परिसर बाहिरबाट त्यसबारे प्रतिक्रिया जनाउँदै उनले भनिन्, ‘आदेशले हामीलाई केही राहत महसुस भएको छ।’

राज्यपक्षले रविलाई जसरी पनि हिरासतमै राख्ने कोसिस गरेको भए पनि अदालतले भने भरोसा जगाएको गौतमको भनाइ छ। ‘उहाँले बाहिरै बसेर सघाउछु भन्दा पनि राज्यले जसरी पनि हिरासतमै राख्ने कोसिस गर्‍यो,’ उनले भनिन्, ‘तर, हामीले त्यतिबेला पनि अदालतमाथि विश्वास छ भनेका थियौं। आजको यो आदेशले आदालतमाथि विश्वास गर्न सकिन्छ भन्ने देखाएको छ।’


ताजा समाचार