वुमन एसिया कप खेलेर फर्कियो नेपाली टोली (तस्बिरहरू)

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले तीन खेल खेलेको थियो । समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो ।

नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्माले एसिया कप जस्तो ठूलो खेल खेल्न पाउदा निकै उत्साहित भएको बताइन्।


ताजा समाचार