झरीले रुझेको काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं। विस्तारै नेपालतर्फ मनसुनको प्रभाव बढ्दै जाँदा निरन्तर झरी परिरहेको छ । पूर्वी क्षेत्रबाट मनसुनको प्रभाव मध्य नेपालसम्म पुग्दा उपत्यकामा पनि निरन्तर झरी परिरहेको छ ।

मनसुनी वायुको प्रभाव नेपालनजिक रहेको न्यून चापीय रेखाको उत्तरतर्फ आएका बिहीबार बिहान देशभरको मौसममा बदली भएको थियो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार बिहीबार बिहानैदेखि उपत्यकासहितको भूगोल झरीले निथ्रुक्क रुझेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेसम्म मात्रै १६ मिलिमिटर पानी मापन गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


ताजा समाचार