आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको  हो।

पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला गरिने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।


ताजा समाचार