‘कोरोनाको औषधी पत्ता लगाएको ट्रम्पको दाबीको कुनै सत्यता छैन’

काठमाडौँ। कोरोना भाइरसलाई मानवजाती सामू पैदा भएको सबैभन्दा ठूलो खतरा मानिएको छ। संसारभरी अहिलेसम्म यो भाइरसले १६ हजार बढीको ज्यान लिइसकेको छ। नेपालमा पनि सोमबार मात्रै नयाँ संक्रमित देखिएको छ। यो महामारी फैलनुको सबैभन्दा ठूलो कारण भनेको अहिलेसम्म यसको औषधी विकसित गर्न सकिएको छैन।

संसारभरीका स्वास्थ्य क्षेत्रका वैज्ञानिक यसको प्रभावकारी औषधी बनाउन जुटेका छन् तर यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरसको औषधी बनाएको दाबी गरेका छन्।

शनिबार २१ मार्चमा डोनल्ड ट्रम्पले ट्वीट गरे, ‘हाइड्रोेक्सिक्लोरोक्विन र एजिथ्रोमाइसिनको मिश्रण मेडिसिनको क्षेत्रमा ठूलो गेम चेन्जर साबित हुनसक्छ। एफडीएले ठूलो काम गरेर देखाएको छ– धन्यवाद। यी दुई एजेन्टलाई तत्काल प्रभावकारी ढङ्गले प्रयोगमा ल्याउनुपर्छ, मानिसहरुको ज्यान गइरहेको छ।’

ट्रम्पले अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन अर्थात् एफडीएले कोरोनाको औषधी खोजेको दाबी गरे। ट्रम्पले यो विषयमा ह्वाइट हाउसको मिडिया ब्रिफिङमा पनि बयान दिए।

उनले भने, ‘हामी यो औषधीलाई तत्कार प्रभावकारी तरिकाले उपलब्ध गराउने तरखरमा छौं। एफडीएले निकै उत्कृष्ट काम गरेको छ । यो औषधी स्वीकृत भइसकेको छ।’

ट्रम्पको दाबीको वास्तविकता परीक्षण

बीबीसीले यसबारे अनुसन्धान गरेको छ । साथै अमेरिकी स्वास्थ्य विभागले यसलाई स्वीकृति पनि दिइसकेको छ भनेर जान्ने कोसिस गरेको छ । ट्रम्पको यो बयानपछि २१ मार्चमा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले एक रिपोर्ट जारी गर्यो ।

उक्त रिपोर्टमा सीडीसीले कोभिड–१९ का बिरामीका लागि एफडीएले कुनै औषधी स्वीकृत नगरेको जानकारी दिइएको थियो । यद्यपि, उक्त रिपोर्टमा अमेरिकासहित विभिन्न देशमा कोभिड–१९ का बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग भने गरिएको बताइएको छ । एउटा सानो अध्ययनका अनुसार हाइड्रोक्सीक्लोरोक्विनसँग एजिथ्रोमाइसीनको मिश्रण कोभिड–१९ को असरलाई कम गर्न सक्छ ।

औपचारिक उपचार छैन

उक्त रिपोर्टमा हाइड्रोक्सिलोरोक्विनसँग एजिथ्रोमाइसीनको प्रयोगलाई ‘अनकन्ट्रोल बेसिस’ बताइएको छ । यसबाट स्पष्ट हुन्छ कि यो मिश्रणलाई औपचारिक उपचार मान्न हुँदैन। वास्तवमा विज्ञान–मेडिसिनको दुनियाँमा कुनै पनि प्रकारको असरलाई दुई तरिकाले मापन गरिन्छ।

१० अनियन्त्रित अर्थात् अनकन्ट्रोल अब्जर्भेसन

२० नियन्त्रित अर्थात् कन्ट्रोल अब्जर्भेसन

अनियन्त्रित अब्जर्भेसनमा कुनै विशेष औषधीले यदि असर गरिरहेको छ भने त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ । यसको असर धेरैजसो व्यक्तिपरक हुन्छ अर्थात् हरेक व्यक्ति एकै खालका हुन्छन् भनेर निश्चित हुँदैन ।

यस्तै, अनियन्त्रित अब्जर्भेसनमा एक योजना अनुसार तुलनात्मक अध्ययन गरिन्छ। यसमार्फत् कुनै औषधीको असरबारे धेरै र सटिक जानकारी पत्ता लाग्छ।

रिपोर्टमा यो पनि स्पष्ट लेखिएको छ कि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधीका केही नकारात्मक असर पनि छन् । यो प्रयोग गर्ने केही बिरामीलाई विशेष सल्लाह दिनुपर्छ । यसको प्रयोगले मृगौलाले काम गर्न छोड्ने र मुटुजन्य समस्याको सम्भावना हुन्छ ।

सीडीसीका अनुसार अमेरिकामा हाइड्रोक्सिक्लोरोक्विनका केही क्लिनिकल टेस्टको योजना तयार छन् र चाँडै नै यो प्रक्रिया सुरु हुनेछ ।

क्लोरोक्विन के हो ?

क्लोरोक्विन मलेरियाको निकै पुरानो र प्रभावकारी औषधी हो। यसको प्रयोग दशकौंदेखि मलेरियाको बिरामीका लागि गर्दै आएको छ। पछिल्ला केही वर्षमा यो औषधीका केही नकारात्मक असर पनि देखियो जसका कारण विभिन्न देशले यसको प्रयोगमा नियन्त्रण पनि गरेको छ तर अहिले थुप्रै देशमा यसको भारी मात्रामा प्रयोग भइरहेको छ।

बीबीसीले आफ्नो अनुसन्धानमा यो औषधी अमेरिकालगायत भारतमा पनि प्रयोग गरिएको भनेको छ। तर ट्रम्पले एफडीएले यो औषधीलाई स्वीकृती दिइसकेको दाबी गरेपनि एफडीएले यसलाई अस्विकार गरेको छ । यस्तोमा यसलाई कोरोना भाइरसको औपचारिक औषधी भन्न मिल्दैन।

एजेन्सी


ताजा समाचार