प्रधानमन्त्री ओली केहीदिन अस्पतालमै बस्ने

काठमाडौँ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरु ले जानकारी दिएका छन्।

साथै मिर्गौला प्रत्यरोपणमा संलग्न चिकित्सकहरुले अव प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने जनाएका छन्। यसअघि आज बुधबार प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने तयारी रहेको समाचार आएका थिए।

मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेकी डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले अबको केही दिनमा अस्पतालले डिस्चार्ज गर्न सकिने बताइन्।

डिस्चार्ज गर्न मिल्ने भएपनि घरमा केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिने डाक्टर शाहको भनाइ छ। यो अवस्थामा जोखिमको खतरा पनि धेरै हुने र केयर गर्न जरुरी भएकाले डिस्चार्जलाई हतार नगरिएको उनले बताइन्।

पहिलो पटक १२ बर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

 


ताजा समाचार