भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ३९ पुग्यो

दिल्ली। विश्वभर कोरोना अर्थात् कोभिड९१९ को संक्रमणको खतार बढे्दै गएका बेला भारतमा कोरोना पनि कोरोनाबाट संक्रमितको संख्या ३९ पुगेको छ।

केरलाका स्वास्थ्य मन्त्री केके साहीलाजाले केरलामा थप पाँच कोरोनाका नयाँ संक्रमित थपिएको पुष्टि गरेकी हुन्। उनले उनीहरुलाई अस्पताल लगेर उपचार थालिएकोसमेत बताएकी छन्।

“यहाँ भेटिएका पाँच कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। जसमध्ये तीनजना इटालीबाट फर्किएकाहरु छन् भने दुई जना पथानमथिट्टा जिल्लाका रहेको छन्,” केके सहीलाजाले भनिन्।

संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले शनिबार भारतमा तीनजना कोरोनाका नयाँ संक्रमित भेटिएको बताएका थिए। शनिबार भेटिएका तीन कोरोना संक्रमितमध्ये दुई जना इरानबाट फर्किएका लद्दाखका रहेको र एकजना ओमानबाट फर्किएका तमिलनाडुका रहेको बताएका छन्।

त्यसैगरी पञ्‍जाबमा पनि दुईजनालाई कोरोनाको संक्रमण भएको पाइएको हो। उनीहरु दुवैजना इटालीबाट फर्किएका थिए। दुवैजनालाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको छ।

मार्चसम्ममा विभिन्‍न मुलुकबाट सात हजार १०८ फ्लाइटबाट फर्किएका सात लाख २६ हजार १२२ मानिसहरुको विमानस्थलमा कोरोना जाँच गरिएको थियो। मुलुकभर ५२ वटा अस्पतालमा कोरोनाको जाँच र उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेल कोरोना भाइरस अर्थात कोभिड९१९ को समीक्षाका लागि मन्त्रीसँग छलफल गरेका थिए। ( डीएनए इन्डियाबाट


ताजा समाचार