भारतीय राजदूत क्वात्रा भेटघाटमा व्यस्त (फोटो फिचर)
काठमाडौँ। भारतीय राजदूत विनय मोहन क्वात्रा ओहदाको प्रमाणपत्र पेश गरेलगत्तै भेटघाटलाई तीव्रता दिएका छन्। उनले आज विहानै नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्। नेपाललाई भेटेर जन्मदिनको शुभकामनासमेत दिएका छन्।
राजदूत भएर नेपाल आएपछि क्वात्राले भेटेकामध्ये नेपाल पहिलो पूर्व प्रधानमन्त्री हुन्। यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। क्वात्राले बिहिबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका थिए। उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि महत्वपूर्ण कुराकानी गरे।
क्वात्राले पूर्व प्रधानमन्त्रीहरुलाई पालैपालो भेट्ने कार्यक्रम रहेको बुझिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियापछि अस्पतालमा रहेका कारण अर्को हप्तामात्र भेट हुने बुझिएको छ।







तस्बिर :- मकुन्द कालिकोटे




