सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

काठमाडौँ। कमिसन अडियो टेप सार्वजनिक भएपछि सर्वत्र आलोचित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो टेप सार्वजनिक भएपछि बास्कोटाले विहीबार राजीनामा दिएका हुन्।

बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन्। संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो। साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ।

कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए। उनले भने, ‘औपचारिक पत्र त आउने नै छ। मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ। र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ।’


ताजा समाचार