थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ। काठमाडौँको थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत पूरा भएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइनको मर्मत बुधबार सकेका हुन्।

थापाथलीमा मंगलबार बिहान खानेपानीको पाइप फुट्दा पैदल यात्रुलाई सास्ती भइरहेको थियो। पाइप फुटेपछि आएको बाढीले सडकमासमेत ठूलो खाडल परेको थियो।

बाढीले सढकमा खाडल बन्दा थापाथली चोकबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालतर्फ जाने सडक अवरुद्ध भएको थियो। पाइप फुटेपछि थापाथली चोकबाट प्रसुती अस्पतालतर्फ ठूलो बाढी बगेको थियो।

फुटेको पाइपको मर्मत आज बिहान ४ बजे पूरा भएको केयूकेएलका इन्जिनियर प्रकाश बरालले बताएका छन्।


ताजा समाचार