अवैध रूपमा अमेरिकामा बसेका १० नेपालीलाई आज चार्टर विमानमार्फत काठमाडौँ ल्याईदै

काठमाडौँ । अवैध रूपमा अमेरिका गएका १० जना नेपाली आज चार्टर विमानमार्फत् काठमाडौँ आउँदैछन्। अध्यागमन विभागका अनुसार उनीहरू बुधबार बिहान करिब १० बजे काठमाडौँ आइपुग्ने तालिका छ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरुलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ। ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन्।

आज दश जना नेपालीलाई लिएर अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम काठमाडौँ आउन लागेको हो।


ताजा समाचार