च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिड्ने

यूएई। च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा भारतको भिडन्त अस्ट्रेलियासँग हुने भएको छ। आइतबार दुबईमा भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारतले समूह ‘ए’ मा पहिलो स्थान हात पारेको हो।

भारत र अस्ट्रेलियाबीच मंगलबार युएईमा पहिलो सेमिफाइनल खेल हुनेछ। न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ।


ताजा समाचार