च्याम्पियन्स ट्रफी : आज भारत र न्युजिल्यान्डको भिड्दै
यूएई। आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’का दुवै अपराजित टिमले दुईदुई खेल खेल्दा चारचार अंक जोडेको छन्। दुवै टिमको सेमिफाइनल यात्रा तय भइसकेको भए पनि यो खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लगाउने छ।
भारत र न्युजिल्यान्डको यो भिडन्त आइतबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।




