सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस, भारतका पूर्वसेना आउँदै

काठमाडौँ। भारतीयस्थल सेनाका पूर्व सेनाध्यक्षहरु मनोज मुकुन्द नरवाने र मनोज पाण्डे नेपाल आएका छन् ।

नरवाने र पाण्डे एअर इण्डियाको उडान नम्बर एआई २१५ मा दिउँसो साढे २ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हुन् ।उनीहरु महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा सेनाले आयोजना गर्न लागेको ‘चिफ्स कन्क्लेभ’ मा सहभागी हुन आएको बताइन्छ ।

आज हुने उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, मानार्थ महारथीहरुको पनि सहभागिता हुने छ ।भारतीय पाहुनालाई रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


ताजा समाचार