देउवाको भारत भ्रमण अकस्मात् स्थगित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए । भ्रमण स्थगित भएपनि कारण थाहा नभएको मुख्यसचिव पौडेलले बताए।




