त्रिपुरेश्वरमा भेटिएको शंकास्पद वस्तु ‘होक्स’

काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो ।

उक्त वस्तु ‘होक्स’ (आतंकित बनाउन राखिएको वस्तु) रहेको पाइएको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

प्रहरीका अनुसार उक्त शंकास्पद झोलाभित्र केही कपडा कोचेर तर्साउने उद्देश्यले उक्त वस्तु राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त वस्तु भेटिएको स्थानीयले खबर गरेपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।


ताजा समाचार