मोदीसँगको भेटमा ट्रम्पले भने: हाम्रा सहयोगी दुस्मनभन्दा खराब छन्

काठमाडौँ। अमेरिकाका राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन्।

पत्रकार सम्मेलनमा उनीहरूले भन्सार महसुलका विषयमा आआफ्ना धारणा राखे। ट्रम्पले भने, ‘भारतले हामीलाई जेजेमा भन्सार शुल्क लगाउँछ, हामी पनि त्यही त्यहीमा लगाउनेछौँ।’

भन्सारका विषयमा ट्रम्पले अघि भने, ‘हाम्रा सहयोगी शत्रुभन्दा पनि खराब छन्।’ भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने भारतीय नागरिकलाई फिर्ता लैजाने वाचा गरे।

यस क्रममा दुई नेताबीच रुस-युक्रेन युद्धबारे पनि चर्चा भयो।

मोदी अहिले अमेरिका भ्रमणमा छन्।


ताजा समाचार