एनपीएल : काठमाडौँले टस जितेर पहिले फिल्डिङ गर्ने

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौँ गुखार्जले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ रोजेसँगै कर्णालीले ब्याटिङ गर्ने भएको हो।

खेल अहिले ९ बजे सुरु हुनेछ।

कर्णाली सोमपाल कामी र काठमाडौँ करण केसीको कप्तानीमा मैदान उत्रदैछ।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।

काठमाडौँ भने चितवन राइनोजसँग ५ विकेटले हारेको थियो। आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन्।


ताजा समाचार