त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटना (तस्बिरहरु)

काठमाडौं। नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ । त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको डिलमै ।

बुधबार बिहान ११:११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडेको जहाज त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटनामा पर्‍यो। जसबाट १८ जना यात्रुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी छन् ।

विमान दुर्घटनामा परेका पाइलट मनिषरत्न शाक्यको मात्रै उद्धार भएको छ ।

तस्बिर : किरणराज विष्ट/रासस

तस्बिर : सामाजिक सञ्जालबाट
तस्बिर : सामाजिक सञ्जालबाट

ताजा समाचार