संसदमा अनिशा नेपालीले उठाइन् जुम्लाका किसानको पीडा
काठमाडौँ। राप्रपाका युवा नेता तथा प्रतिनिधिसभा सदस्य अनिशा नेपालले जुम्ला गुठीचौरको विषय उठाएकी छन्।
बुधबार संसदमा बोल्दै सांसद नेपालीले असार २३ गते जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ ठूलो याक्खा पाटनमा चट्याङ लागेर ६ जना किसानका १९७ वटा भेडा मरेको विषय संसदमा उठाएकी हुन्।
उनले भनिन्, ‘बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपसँगै चट्याङल् पनि समस्या सिर्जना गरिरहेको छ। यसैक्रममा देशका विभिन्न स्थानहरूमा बाढी पहिरो डुबान जस्ता प्राकृतिक प्रकोपले पारेको असरप्रति राप्रपा दुःख व्यक्ति गर्दछ। यस्तै सोमबार जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ५ ठुलो यख्खा पाटनमा चट्याङ लागेर जुम्लाका छ जना किसानका १९७ वटा भेडाहरु मरेका छन्। जसको न्यूनतम आर्थिक क्षति ४० लाख बराबरको रहेको छ।’
सांसद नेपालीले अगाडि भनिन्, ‘गुठीचौर गाउँपालिकाका वडा नं ५ का ५१ वर्षीय धनबहादुर रावत चट्याङकै कारण गम्भीर घाइते हुनुभएको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामनासँगै राज्यको उक्त घटनाप्रति ध्यान जाओस् भन्न चाहान्छु।’




