स्वागत नेपाल हाजिरी जमानीमा रिहा
काठमाडौँ। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छाडिएको छ। उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।
तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन्। प्रदर्शनका समयमा परीक्षा चलिरहेको र उनी परीक्षा हलमा भएको प्रदर्शनमा सहभागी नदेखिएकाले हाजिरि जमानीमा छाडिएको प्रहरीले जनाएको छ।




