भारतीय राजदूत अर्थ मन्त्रालयमा
काठमाडौँ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव सिंहदरबारस्थित अर्थ मन्त्रालय पुग्नुभएको छ ।
उहाँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटवार्ताका लागि मध्यान्ह साढे १२ बजेको समयमा त्यहाँ जानुभएको बताइन्छ । उहाँहरुबीच झण्डै आधा घण्टा कुराकानी भएको बुझिएको छ । भेटवार्ताबारे मन्त्रालय र दूतावासले थप जानकारी दिएको छैन ।