प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटार सरे
काठमाडौं। प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटार सरेका छन् ।
सोमबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन उनी बालुवाटार निवास सरेका हुन् । ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार सोमबार दिनभरिको काम सकेर ओली बालुवाटार पुगिसकेका छन्।
सोमबार बालकोट निवासबाट शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओली त्यसपछि सहिद स्मारक गएका थिए । फर्केर एमाले कार्यालय च्यासल गए । सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् बैठक राखे । साँझ उनी बालुवाटार निवास पुगेका हुन् ।