३०० दिनभित्र क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशालामा परिणत गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूका लागि प्याराफिट निर्माण गर्ने, रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान गर्ने लगायतका आवश्यक संरचना बनाउने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिएका छन्।

फ्लडलाइट जडान गर्ने ठेक्का सिनामंगलस्थित एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ।


ताजा समाचार