करण परियारलाई केपी ओलीले दिए सारंगी उपहार

काठमाडौँ। गायन रियालिटी सो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सारंगी उपहार दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बधाई दिँदै करणलाई सारंगी उपहार दिएका हुन्।

नेपाल आइडल (सिजन ५) का विजेता करण परियार र उप–विजेताहरूलाई बधाई तथा शुभकामना दिन एमालेले आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा विजेता परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेल पनि सहभागी थिए।


ताजा समाचार