अभिनेत्री हिना खानलाई भयो स्तन क्यान्सर
काठमाडौँ । भारतकी टेलिभिजन अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ।
उनी आफैँले सामाजिक सञ्जालमा आफूलाई स्तन क्यान्सर भएको र यो तेस्रो चरणमा रहेको जानकारी दिएकी हुन्।
उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘सबैमा नमस्कार१ मेरोबारे अहिले फैलिरहेको हल्लालाई ध्यान दिँदै शुभचिन्तकहरूलाई जानकारी दिन चाहन्छु( म हाल तेस्रो चरणको स्तन क्यान्सरसँग लडिरहेकी छु। अहिले म ठीक छु। म बलियो छु र छिट्टै यस रोगबाट बाहिर निस्किनेछु। मेरो उपचार सुरु भइसकेको छ।’
टेलिशृंखला ‘ये रिश्ता क्या कहलाता है’बाट चर्चा कमाएकी उनी भारतीय रियालिटी शो ‘बिग बोस ११’ मा देखिएकी थिइन्।
हिनाले ‘ह्याक, अनलक, शिन्दा शिन्दा नो पापा’ लगायत फिल्ममा अभिनय गरेकी छन्।