सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराइने छ भनेर जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले रातोपाटीलाई जानकारी दिए।

सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन्। दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट गिरफ्तार गरेको थियो। यसअघि अदालतले उनलाई दुई पटक ३–३ दिनको म्याद दिएको थियो।


ताजा समाचार