आईपीएल : कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि
काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको छ। यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो।
११४ रनको साधारण लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे। रहमानउल्लाह गुरबाजले ३२ बलमा ५ चौका र २ छक्कासहित ३९ रन जोडे भने सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाए।
हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एकरएक विकेट लिए। टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो।
हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए। एडेन माक्ररमले २०, नितेश कुमार रेड्डीले १३ र हेनरिक क्लासेनले १६ रन बनाए।
कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। मिचेल स्टार्क र हर्षित रानाले दुईरदुई विकेट लिए। वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एकरएक विकेट लिए।
लिगमा कोलकाता १४ खेलमा ९ जित र ३ हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो। हैदराबाद १४ खेलमा ८ जित र ५ हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो।
कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो भने हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।