कैलाश सिरोहियालाई दोस्रोपटक अदालतमा पेस
काठमाडौँ। नागरिकता गडबडी प्रकरणमा धनुषा प्रहरीले नियन्त्रणमा लिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज (शुक्रबार) दोस्रो पटक जिल्ला अदालतमा पेश गरिएको छ।
पहिलोपटक पाएको ३ दिनको म्याद समाप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको हिरासत समय थप गर्नका लागि उनलाई केही बेरअघि जिल्ला अदालत धनुषा लगेका छन्। अदालतमा प्रस्तुत गर्नुअघि बिहान सिरोहियासँग सरकारी वकिल कार्यालयमा झन्डै ३ घण्टा बयान लिइएको थियो।
आज अदालतले म्याद थप्न अस्वीकार गरेमा सिरोहिया रिहा हुनेछन्। उनलाई छुटाउनका लागि वरिष्ठ अधिवक्ता शम्भु थापासहित १२ वकिल बहस गर्न तयार छन्।
नागरिकता कसुरको आरोपमा सिरोहियालाई मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो।




