कोरला सीमामा नेपाली-चिनियाँ प्रहरीको संयुक्त पैदल गस्ती (तस्बिर)

काठमाडौँ । नेपाल र मित्र राष्ट्र चीनको सीमाना कोरलामा दुई देशका प्रहरीले संयुक्त पैदल गस्ती गरेका छन्।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार सीमा क्षेत्रमा खटिएका दुवैतर्फका प्रहरीले नेपाल–चीन सीमा कोरलास्थित २४ नं. पिल्लरदेखि पश्चिम २३ नम्बर पिल्लरसम्म अन्दाजी २ किलोमिटर संयुक्त पैदल गस्ती गरेका हुन्। सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका संयुक्त पैदल गस्ती गरिएको नेपाल प्रहरीले जनाएको छ।

बुधबार गरिएको संयुक्त पैदल गस्तीमा नेपालका तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लोमान्थाङबाट ८ जनाको टोली र चीनतर्फ लिजी प्रहरी कार्यालयबाट ८ जनाको टोली सहभागी भएका थिए। यस प्रकारको कार्यले सीमा क्षेत्रमा हुन सक्ने सीमा अपराध नियन्त्रणमा सहज हुन सक्ने विश्वास प्रहरीले लिएको छ।

nepal-China-police-

nepal-China-police-

nepal-China-police-

nepal-China-police-

nepal-China-police-


ताजा समाचार