चारवटा जहाजमा आयो कतारी राजाको भ्रमण टोली
कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सुरु भएको छ।
उनी चारवटा जहाजमा डेढ सय जनाको जम्बो टोलीसहित नेपाल आएका हुन्।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार राजा शेखको भ्रमणटोली चारवटा जहाजमा नेपाल आएको हो।
‘चारवटा जहाज लिएर उहाँहरु आउनुभएको छ’, निरौलाले भने, ‘आइतबार नै एउटा जहाज आइसकेको थियो। बाँकी तीन जहाज आज उहाँसँगै आएको हो।’
राजा शेखलाई विमानस्थलमै पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए। उनको स्वागतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए।