एसीसी प्रिमियर कप : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी २ छक्का र ४ चौका हिर्काए । गुलसन झाले पनि २० रन बनाए । उनले १६ बलमा १ छक्का र १ चौका प्रहार गरे ।

करण केसीले टोलीको खातामा १७ रन थपे । उनले १२ बलमा २ छक्का प्रहार गरे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त रुपमा ६ रन पायो । यूएईका बलर जुनैद सिद्दकी, अली नासिर र बासिल हमिदले २-२ विकेट लिए ।


ताजा समाचार