पेट्रोलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो। पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ।
भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ। निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।