नेपाल-भारत सम्बन्ध थप उचाइमा पुर्‍याउनेछौँ: राजदूत श्रीवास्तव

काठमाडौँ। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई हिमालयझैँ उचाइमा पुर्‍याउने काम गरिरहेको बताएका छन्।

बुधवार नेपाल-भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि चलिरहेको र अझै सम्बन्ध बिस्तार गर्दै जान भारत अघि बढिरहेको बताए।

राजदूत श्रीवास्तवले केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा पनि भारत र नेपालबीचको सम्बन्ध बढाउन नै बढी जोड दिएको बताए।

उनले दुई देश बीचको सम्बन्ध बिस्तारले अर्थ व्यवस्था र व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्ने बताए। राजदूत श्रीवास्तवले भारत अबको ५ वर्षमा विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक बन्ने दाबी गरे।


ताजा समाचार